नियम १६
अन्तर्वार्ता समितिको गठन
।१) लिखित परीक्षाको नतिजा प्रकाशन भएको मितिले पन्ध्र दिन पछि साधारणतया एक महिनाभित्र अन्तर्वार्ता लिनु पर्नेछ ।
(2)पदपूर्ति समितिले एकजना अध्यक्ष र बिज्ञहरुको सूचीमा रहेको सम्बन्धित विषयको दक्ष बा बिशेषज्ञ समेत कम्तीमा तीन जना सदस्य रहेको अन्तर्वार्ता समिति गठन गर्नु पर्नेछ ।
(३) अन्तर्वार्ता समितिक्को अध्यक्न वा सदस्यको अन्तर्वार्तामा भाग लिने कुनै उम्मेदवारसँग नाता पर्ने भएमा अन्तर्वार्ता समितिको त्यस्तो अध्यक्ष चा सदस्यले उक्त बिज्ञापनको अन्तर्वार्तामा बस्न हुँदैन । सो नाता भित्र परेको कुरा नतिजा प्रकाशन हुन भन्दा अघि प्रमाणित भएमा सो अन्तर्बार्ता कर्ताले प्रदान गरेको अङ्क गणना गरिने छैन ।
(४) अन्तर्वार्ता समितिको प्रत्येक सदस्यलाई अन्तर्वार्ता हुनै पदको विवरण, पाठ्यक्रम र उम्मेदवारको व्यक्तिगत विवरण उपलब्ध गराउनु पर्नेछ ।
(५) अन्तर्वार्तामा पूर्णाङ्कको सत्तरी प्रतिशत भन्दा बढी बा चालित्त प्रतिशत भन्दा घटी अङ्क दिनुपरमा सोको कारण खुलाउनु पर्नेछन्‌ । यसरी कारण नखुलाई अन्तर्वार्ता समितिका पचास प्रतिशत सदस्यले अधिकतम भन्दा बढी वा न्युनतम भन्दा घटी अङ्क दिएकोमा बढीमा सत्तरी प्रतिशत र घटीमा चालिस प्रतिशत अङ्ग दिएको मानी गणना गरिनेछ ।
(६) अन्तर्वार्ताको प्रक्रिया समाप्त भएपछि पन्ध्र दिन भित्र योग्यताक्रम सूची प्रकाशन गर्नु पर्नेछ।